समाचार
१९ औँ गणतन्त्र दिवस बारबर्दिया नगरपालिकाका
१५ जेष्ठ २०८३, बारबर्दिया नगरपालिकाको आयोजनामा १९ औँ गणतन्त्र दिवस बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको अध्यक्षता, नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य, सवै राजनितिक दल, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्र सेवक कर्मचारी/शिक्षक, सुरक्षा निकायका प्रमुख/ प्रतिनिधि, संघ/संस्था, विधार्थी, समाजसेवी, पत्रकारहरुको सहभागितामा भव्य र उल्लासपूर्ण रुपमा सम्पन्न ।
उक्त दिवसमा लोकतान्त्रिक गणतन्त्र ल्याउनमा भुमिका निर्वाह गर्ने -३जना, समाजसेवीबाट -४जना, नियमित करदाताबाट-२ जना, उत्कृष्ठ वडघरबाट- १ जना र उत्कृष्ठ सहकारीबाट -१ जना साथै उत्कृष्ठ विद्यार्थीबाट – ५जनालाई नगद, सम्मान प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।उक्त कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष श्री रामफेरन थारु ज्यूले सञ्चालन गर्नु भएको थियो ।





























