समाचार
२३औँ राष्ट्रिय धान दिवस-२०८३
कृषि उद्योग र पर्यटनमा वृद्धि:बारबर्दियाको समृद्धि
१५ असार, २०८३ मा "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्बि" भन्ने मूल नाराका साथ बारबर्दिया नगरपालिका कृषि विकास शाखाको आयोजनामा बारबर्दिया नगरपालिका वडा नं २ नारायणपुरमा आर्थिक विकास समितिका संयोजक श्री राम फेरन थारु ज्यूको अध्यक्षतामा र नगर प्रमुख श्री छविलाल थारुज्यूको प्रमुख आतिथ्यतामा, नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यू,सम्पूर्ण जनप्रतिनिधि राजनीतिक दलहरु, कर्मचारीहरु र कृषकहरुको सहभागितामा २३औँ राष्ट्रिय धान दिवस-२०८३ सम्पन्न गरियो । साथै उक्त कार्यक्रममा बारबर्दिया नगरपालिकामा कृषि पेशालाई व्यवसायिक रुपमा गर्दै आउनु भएका २ जना उत्कृष्ट कृषकलाई नगद र सम्मान पत्र सहित सम्मान गरियो।




















