समाचार
२०२ जिउँ बिउँ बाख्रा वितरण
मिति २०८२ साल चैत्र २९ गतेका दिन बारबर्दिया नगरपालिकाद्बारा सञ्चालित बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग साथै थारु महिला उत्थान केन्द्रको सहजिकरणमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिल्ता साझेदारी परियोजनाबाट गठित स्वावलम्वि कृषक समूह सदस्यलाई विउँ बाख्रा उपहार कार्यक्रम बारबर्दिया नगरपालिका आर्थिक विकास समितिका संयोजक श्री राम फेरन थारु ज्यूको अध्यक्षता, नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको प्रमुख आतिथ्य, नगर प्रवक्ता, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी, थारु महिला उत्थान केन्द्रका कर्मचारी, बारबर्दिया सामाजिक उद्यमी महिला सहकारी संस्था लि. का पदाधिकारी, कृषकहरु र पत्रकारहरुको सहभगितामा २०२ जिउँ बिउँ बाख्रा वितरण गरियो ।





