समाचार
– बारबर्दिया नगरपालिका
नमस्कार ।
मौसम विज्ञान विभागका अनुसार असोज ९ देखि ११ गते रातीसम्म बारबर्दिया नगरपालिकाको थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी र एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। डुबान, नदी/खोलाको जलसतह वृद्धि, कटान तथा हावाहुरीको जोखिमबाट समेत सचेत रहनुहोला। लामो यात्रा नगर्नुहुन तथा धानबाली नकाट्न, काटिसकेको धान सुरक्षित स्थानमा भित्र्याउन र मौसम सम्बन्धी सूचना अद्यावधिक रहनहुन अनुरोध छ।
– बारबर्दिया नगरपालिका